बिहीबार, माघ १०, २०८१

नेपाललाई कोरोनाविरुद्धको खोप दिने भारतको प्रतिबद्धता

नेपालखोज २०७७ माघ ३ गते ६:२०

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको खोप दिने प्रतिबद्धता व्यक्ति गरेको छ ।

Advertisement

शुक्रबार भारतस्थित हैदरावाद हाउसमा बसेको नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठमा भारतीय पक्षले नेपाललाई माघ महिनाभित्र कोरोनाबिरुद्धको खोप दिने प्रतिबद्धता जनाएको हो ।

औषधि व्यवस्था विभागले कोरोनाभाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपत्तकालीन प्रयोगको अनुमति दिएसँगै भारतले नेपाललाई माघ महिनाभित्र खोप उपलब्ध गराउने प्रतिबद्धता गरेको हो । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपत्तकालीन प्रयोगका लागि सशर्त अनुमति दिइएको विभागले जनाएको थियो ।

‘कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । विभागले दुई दिनअघि आपत्तकालीन अनुमतिका लागि प्रयोग गरिने खोप दर्ता आह्वान गरेको थियो । भारतमा शनिबारदेखि यो खोप लगाउन थालिने छ ।

प्रतिक्रिया