शुक्रबार, असार २०, २०८२

पौडेलको चियापानमा कोइराला र देउवा !

नेपालखोज २०७८ मंसिर २८ गते ११:२९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान चियापन कार्यक्रम गरेका छन् । लैनचौरमा गरिएको चियापानमा सभापतिका प्रत्याशीहरू शेखर कोइराला र शेरबहादुर देउवा सहभागी भएका छन् ।

चियापानमा सभापति देउवाले वरिष्ठ नेता पौडेलको धेरै योगदान रहेको बताए । उनले कांग्रेसलाई अघि बढाउनमा पौडेलको धेरै योगदान रहेको बताएका हुन्। पहिलो चरणको निर्वाचनमा वरिष्ठ नेता पौडेलले कोइरालालाई समर्थन गरेका थिए । दोस्रो चरणको चुनावमा भने पौडेलले कसको पक्ष लिने भन्ने खुलेको छैन । दुईजना सभापतिका प्रत्यासीलाई चियापानमा वरिष्ठ नेता पौडेलले बोलाउनुलाई अर्थपूर्ण रुपमा पनि हेरिएको छ ।

वरिष्ठ नेता पौडेल सभापतिका उम्मेद्‌वार नभए पनि कुनै पक्षलाई सहयोग गरेर आगामी दिनमा उच्च राजनीतिक तथा संवैधानिक हैसियत लिन सक्ने पनि सम्भावना छ ।

प्रतिक्रिया