कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

जुम्ला । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी जनता पार्टी (सजपा) बीच एकता भएको लामो समयपछि कर्णाली प्रदेशमा एकीकृत कमिटी घोषणा गरिएको छ ।
सुर्खेतमा शुक्रबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव भक्तबहादुर शाहले साङ्गठनिक एकता घोषणा गरेका हुन् । दुई पार्टी एकतापछि पदाधिकारीमा तत्कालीन राजपाका पाँच र समाजवादीका १० सहित १५१ सदस्यीय प्रदेश कमिटी निर्माण गरिएको छ । राजपाले प्रदेश अध्यक्षसहित ४० र समाजवादीले मुख्यसचिवसहित १११ सदस्य पाएका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय सचिव शाहले आफूहरु वैकल्पिक शक्तिका रूपमा स्थापित हुन पार्टी एकता गरेको बताउँदै संविधानले नेपाली समाजको पहिचानलाई सम्बोधन नगरेकाले त्यसको संशोधन हुन जरुरी रहेको बताए । उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति प्रणालीमा जाँदा अहिलेको अस्थिरता हट्ने बताए ।

प्रतिक्रिया