मंगलबार, वैशाख ११, २०८१

वरुण र नताशाको विवाह हुँदै, पार्टी ५ दिनसम्म चल्ने

नेपालखोज २०७७ माघ ३ गते ११:०४

बलिउड अभिनेता वरुण धवन र उनकी प्रेमिका नताशा दलाल विवाह बन्धनमा बाधिदै छन् । धवन र दलालले जनवरी २४ मा विवाह गर्न लागेका हुन् । कोरोना भाइरस संक्रमणको जोखिमबीच सीमित पाहुनाको उपस्थितिबीच विवाह समारोह हुँदैछ ।

उनीहरुको परिवारले ५ दिनसम्म वैवाहिक समारोह मनाउने तयारी गरिरहेको छ । यसका लागि साथीभाई र परिवारका सदस्यहरुलाई अनलाइन निमन्त्रणा पनि पठाइसकिएको छ ।

तीन दिन लामो विवाह समारोह अलिबागमा हुँदैछ । करिब ४० देखि ५० जना मात्र बोलाइने जनाइएको छ। सबैलाई संक्रमणको जोखिमबाट जोगिन सुरक्षा योजना दिइनेछ ।

टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार विवाहको आयोजना २२ देखि २६ जनवरीसम्म अलिवागमा हुँदैछ । वरुण र नताशा बाल्यकालदेखि नै एकअर्कासँग परिचित छन् । यसअघि उनीहरुबीच जून २०१९ मा विवाह हुने चर्चा थियो । त्यसपछि २०२० मा विवाह हुने चर्चा चलेपनि कोरोनाका कारण रद्द भएको थियो ।

यद्यपी, अहिलेसम्म पनि वरुण धवन र नताशाले विवाहका विषयमा औपचारिक रुपमा बताएका छैनन् । उनीहरुले पञ्जावी शैलीमा विवाह गर्दैछन् । दुईबीच २४ जनवरीमा विवाह हुने भएपनि त्यसको दुई दिनअघिदेखि नै पार्टी शुरु हुनेछ र २६ जनवरीसम्म चल्नेछ ।

यसका लागि बलिउडका धेरै सेलिब्रेटीहरुलाई निम्तो पठाइसकिएको छ । वरुण धवन २०१० देखि नै फिल्म क्षेत्रमा सक्रिय छन् । पछिल्लो समय उनी ‘कुली नम्बर वान’ को रिमेकमा देखिएका थिए । अब उनी ‘जुग जुग जियो’ नामक फिल्ममा देखिदैंछन् । यस फिल्ममा उनीसँगै नीतू कपूर र अनिल कपूर पनि देखिनेछन् ।

बलिउडकर्मीका लागि भोज केही महिनापछि राखिनेछ। स्रोतलाई उल्लेख गर्दै लेखेको छ,’उनीहरू भव्‍य पञ्जावी परम्परा अनुसार विवाह गर्न चाहन्थे । तर, कोरोना महामारीका कारण योजनाहरू स्थगित भए । अब भने सीमित आफन्त र साथीभाइहरूको उपस्थितिमा सम्पन्न हुने भएको छ ।’

विवाहको कार्ड बाढिसकेको र दुवै पक्षले धुमधाम तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया