शुक्रबार, वैशाख ७, २०८१

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि निरन्तर सुनुवाई

नेपालखोज २०७७ माघ ४ गते १०:४८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज (आइतबार)देखि संवैधानिक इजलासमा निरन्तर सुनवाई हुने भएको छ । वृहत् पूर्ण इजलासमा सुनुवाइ होस् भन्ने रिट निवेदन सर्वोच्च अदालतलले अस्वीकृत गरेपछि आजदेखि संवैधानिक इजलासमै निरन्तर सुनुवाई हुने भएको हो ।

रिट निवेदनमाथि पक्ष र विपक्षमा बहस सकिएपछि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुने आदेश जारी भएको थियो ।

नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको माग बमोजिम वृहत् पूर्ण इजलासमा लैजानु पर्ने नदेखिएको संवैधानिक इजलासको उत्प्रषेण परमादेशमा उल्लेख छ ।

संविधानको धारा १३७ बमोजिम गम्भीर संवैधानिक व्याख्या गर्ने अधिकार संवैधानिक इजलासलाई दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी रहेका छन् ।

प्रतिक्रिया