मंगलबार, वैशाख ११, २०८१

इंग्लिस प्रिमियर लिगमा सिटी, चेल्सी र ह्याम विजयी

नेपालखोज २०७७ माघ ४ गते ११:०८

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा लेस्टर सिटी, चेल्सी र वेस्ट ह्याम विजय भएका छन् । लेस्टर सिटीले साउथ ह्याम्पटनलाई २–० गोलले पराजित गरेको छ । लेस्टरले साउथ ह्याम्पटनलाई घरेलु मैदानमा २–० ले पराजित गरेको हो ।

सिटीको जितकालागि जेम्स म्याडिसन र हार्भे बार्नेस एक एक गोलको योगदान रह्यो । जितसँगै लेस्टर पनि उपाधि होडमा सामेल भएको हो । ब्रेन्डन रोजर्सको टिमको अब १८ खेलबाट ३५ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग एक अंकको दूरी हो ।

अर्को खेलमा चेल्सीले १० खेलाडीमा सीमित फुलहमलाई १–० ले हरायो । यसले व्यवस्थापक फ्रायन्क लाम्पार्डलाई राहत प्रदान गरेको छ । खेलको निर्णायक गोल मेसन माउन्टले खेलको अन्त्यतिर गरे र टिम २९ अंकमा सातौं स्थानमा उक्लियो ।

यस्तै वेस्ट ह्यामले बर्नलीलाई १–० ले हरायो । त्यसमा मिचाइल एन्टोनियोले एक मात्र गोल गरे । जितपछि वेस्ट ह्याम आठौं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया