घट्यो सुनको मूल्य
नेपालखोज
२०७७ माघ ४ गते ११:३७
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ७ रुपैयाँले घटेको छ ।
नेपाली बजारमा आज छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९१ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि सात सयले घटेको छ । योसँगे तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएका छ ।
सम्बन्धित

प्रतिक्रिया