बाइडेनको शपथ ग्रहण समारोहको ७५ प्रतिशत कार्यक्रम भर्चुअल हुने
नेपालखोज
२०७७ माघ ४ गते १३:३५

काठमाडौं । अमेरिकी प्रेसिडेन्ट इलेक्ट जो बाइडेन २० जनवरीमा अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् । अमेरिकामा शपथ ग्रहण समारोहको दिनलाई इनोगरेशन डे भन्ने गरिन्छ ।
त्यो समयमा उक्त कार्यक्रमस्थलमा लाखौँ मानिस उपस्थित हुने गर्दथे । तर यस वर्ष भने कोरोना भाइरसका कारण १ हजार मानिसलाई उपस्थिती गराइने भएको छ । यसैबीच २० जनवरीमा राष्ट्रपति शपथ कार्यक्रमको ७५ प्रतिशतथ काम भर्चुल माध्यमबाट हुने भएको छ ।
शपथ ग्रहणपछि बाइडेन र कमल ह्यारिसले सम्बोधन गर्नेछन् । यस पटकको शपथ ग्रहण कार्यक्रम विगतको भन्दा केहि फरक गरिएको छ । राज्यका राजधानीमा फरक फरक कल्चरल प्रोग्राम हुनेछन् ।
सम्बन्धित
प्रतिक्रिया