राष्ट्र बैंक भोलि २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दे
नेपालखोज
२०७७ माघ ४ गते २०:१६
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोेलि २० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंककाअनुसार भोली अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिती माघ ६ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन । बिक्री गरिने कुल ट्रेजरी ९१ दिने अवधिको रहेको छ । उक्त ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७८ बैशाख सात गते रहेको छ ।
यसअघि पुस २८ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया