आजको मौसमः तराईमा बाक्लो हुस्सु, हल्का वर्षाको सम्भावना

काठमाडौँ । आज देशका भू-भागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्दा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लागेको छ ।
त्यस्तै आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
हाल नेपालमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।
प्रदेश नं १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
मौसम सफा हुन अझै केही दिन लाग्ने मौसमविदहरुले बताएका छन् । महाशाखाकाअनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले अझै केहि दिन मौसम सफा हुने सम्भावना छैन ।
प्रतिक्रिया