शुक्रबार, पुष ४, २०८२

एनआईसी एशिया बैंकको एटिएम फोरी चोरी गर्न खोज्ने पक्राउ

नेपालखोज २०७७ माघ ५ गते १४:०५

काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फोरी चोरी गर्न लागेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन ।

प्रहरीका अनुसार नागार्जुन नगरपालिका २ ठुलोभर्यारङ्ग स्थित एनआइसी एसिया वैंकको एटिएम फोरी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने बैतडी महादेवस्थान गाउँपालिका ५ घर भएका २८ वर्षीय कमल बहादुर धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न अर्का व्यक्ति भने फरार रहेका छन् । फरार अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको छ । साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया