बिहीबार, चैत १५, २०८०

डिशहोममा ‘कलाको मेला’ रियालिटी शो सुरु

नेपालखोज २०७७ माघ ५ गते १४:०६

काठमाडाैं । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटी टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ सुरु भएको छ ।

हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८ शृंखलाको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्याङ्कन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिश मिडिया नेटवर्कको प्रस्तुति रहेको यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया