बलिउड कलाकारको फोबिया
नेपालखोज
२०८१ मंसिर २३ गते १४:२९
बलिउडका शाहरुख खानदेखि सलमान खानसम्म सबै कुनै न कुनै फोबियाबाट ग्रस्त छन् । कोही अँध्यारोमा डराउँछन् त कोही छेपारोसँग डराउँछन्।
आउनुहोस् जानौं केही बलिउड स्टारका फोबियाका बारेमा :
शाहरुख खान : अभिनेता घोडासँग डराउँछन्।
दीपिका पादुकोण : यी नायिकालाई सर्प लगायतका विषालु कुराको फोबिया छ ।
आलिया भट्ट : बलिउड अभिनेत्री आलिया भट्ट अँध्यारोसँग निकै डराउँछिन् ।
कट्रिना कैफ : हिन्दी सिनेमाकी स्टार अभिनेत्री कट्रिना कैफ छेपारोसँग डराउँछिन् ।
सलमान खान : बलिउडका दबंग खानलाई पनि फोबिया छ । सलमान खान बन्द कोठामा एक्लै हुँदा नर्भस हुन्छन् ।
सोनम कपूर : अभिनेत्री सोनम कपूरलाई लिफ्टको फोबिया छ । उनलाई लिफ्टमा एक्लै जान डर लाग्छ ।
विद्या बालन : अभिनेत्री विद्या बालन बिरालोसँग डराउँछिन् ।
सम्बन्धित
प्रतिक्रिया