शुक्रबार, पुष ४, २०८२

टोखाको गेष्टहाउसमा एक व्यक्ति मृत फेला

नेपालखोज २०७७ माघ ५ गते १४:४०


काठमाडौं । टोखा नगरपालिका ९ दिपज्योती स्थित सफर गेष्ट हाउसमा एक व्यक्ति मृत फेला परेका छन् ।

मृतक सोही गेष्टहाउसमा काउण्टरमा काम गर्ने कर्मचारी रहेको खुलेको छ । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका घर भएका ४० वर्षीय राज कार्की सोही गेष्ट हाउसको काउण्टर कक्षमा सुतिरहेको अवस्थामा सोमबार बिहान मृत फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

मृत्यु हुनुको कारण अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया