बिहीबार, चैत १५, २०८०

नेप्सेमा पाँच अंकले गिरावट

नेपालखोज २०७७ माघ ६ गते १६:३१

काठमाडौं । सोमबार १७ दसमलव ३१ अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन आज भने घटेको छ । मंगलबार नेप्से पाँच दसमलव ५७ अंकले घटेर २३ सय २६ दसमलव ९० अंकमा पुगेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ८५ अंकले घटेर चार सय ४२ दसमलव ८२ अंकमा पुुगेको छ ।

दुुई सय छ वटा कम्पनीहरुको ५७ हजार नौ सय ८० पटकको कारोवारमा एक करोड ६३ लाख पाँच हजार एक सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा आज कुुल कारोवार रकम सात अर्ब ४६ करोड ७४ लाख ३९ हजार आठ सय ४८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ, लघुुबित्त र जीवन बीमा समुहको सुचकहरु क्रमश ३९ दसमलव ६२, ३७ दसमलव २२ र पाँच सय ३५ दसमलव ६७ अंकले बढेकाछन भने बाँकी समुहको सुचकहरु घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दसमलव छ अंकले घटेर १७ सय ३० दसमलव ३२ अंकमा झर्दा निर्जिवन बीमा समूहको सुचक पनि एक सय २४ दसमलव ८९ अंकले घटेर १० हजार सात सय ५६ दसमलव १० अंकमा झरेको छ । विकास बैंक, जलविद्युत, होटल, उत्पादमुलक, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सुचक पनि घटेका छन् ।

आज प्रोग्रेसिभ फाईनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ६५ रुपैयाँमा कारोवार हुँदा सर्पोट माईक्रो फाईनान्स लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात दसमलव ७४ प्रतिशतले घटेर १३ सय रुपैयाँमा कारोवार भएको छ । आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकिकत्ता २६ सय ८९ रुपैयाँ अन्तिम मूल्यमा ९१ करोड ९३ लाख ८४ हजार एक सय २१ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया