शुक्रबार, वैशाख १४, २०८१

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

नेपालखोज २०७७ माघ ६ गते १९:००

डडेल्धुरा । डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ मा आज ट्रयाक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानएको छ ।

दुर्घटनामा परी पाँच जना घाइते भएका र घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ । से१त ३८१३ नम्बरको ट्रयाक्टर कच्ची सडकबाट केही तल खसेको घाइते सबैको डडेल्धुरा अस्पतालमा डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । दुर्घटनाका बारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया