भरुवा बन्दुक पड्किँदा पाल्पामा एक जनाको मृत्यु
नेपालखोज
२०७७ माघ ७ गते १७:४७
पाल्पा । पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान भान्सा कोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
एक्कासी ठूलो आवाज आएपछि हेर्न जाँदा नरबहादुरको ज्यान गइसकेको अवस्थामा भेटिएको मृतकका दाजु नरबहादुर सारुले जानकारी दिए ।
मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याएर आफ्नै घरको भान्सा कोठामा राखेको बुझिएको प्रहरीले जनाएको छ । बन्दुक नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया