शुक्रबार, वैशाख ७, २०८१

एसयूभीको बढ्दो क्रेज, टोयोटाले ल्याउँदै फ्रन्टल्यान्डर

नेपालखोज २०७८ कार्तिक १८ गते १४:३६

काठमाडौं । दिग्गज जापानी अटोमेकर टोयोटाले चाँडै आफ्नो नयाँ एसयूभी लन्च गर्ने तयारी गरेको छ । टोयोटाको फर्च्युनर एसयूभी सेगमेन्टमा पहिलेदेखि नै लोकप्रिय छ । कम्पनीले यो नयाँ एसयूभीबाट पनि फर्च्युनरको जस्तै सफलताको आशा गरेको छ । एसयूभीको बढ्दो क्रेज र मागलाई मध्यनजर गर्दै टोयोटाले यो नयाँ गाडी चाँडै बजारमा उतार्ने अपेक्षा गरिएको छ ।

लुक र नाम
टोयोटाले यो नयाँ एसयूभीको नाम टोयोटा फ्रन्टल्यान्डर राखेको छ र हालै यसको टिजरसमेत जारी गरिएको थियो । यो एसयूभीको लुक टोयोटाकै एसयूभी कोरोला क्रसबाट प्रेरित देखिन्छ । यो नयाँ एसयूभीको दुवै साइडको लुक कोरोला क्रसजस्तै देखिन्छ भने हेड ल्याम्प, फ्रन्ट ग्रिल र बम्पर कोरोलाभन्दा अलग छ । टोयोटाले आफ्नो अर्को एसयूभी कोरोला क्रस पहिले नै अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ ।

टोयोटा फ्रन्टल्याडरको इन्जिन
यो एसयूभी टोयटाको TNGA मोडुलर प्लेटफर्ममा निर्माण भएको छ । टोयोटाले आफ्ना कैंयन् मोडलका गाडी यही प्लेटफर्म निर्माण गर्दै आएको छ । टोयोटा फ्रन्टल्याडरमा १.८ लिटरको पेट्रोल इन्जिनका साथ हाइब्रिड टेक पनि प्रयोग गरिएको छ । त्यसका अतिरिक्त टोयोटा फ्रन्टल्यान्डरमा स्ट्याडर्ड भेरियन्टहरुमा प्रयोग हुने अल ह्‌विल ड्राइभ (AWD) फिचर पनि प्रयोग हुने अपेक्षा गरिएको छ ।

भनिन्छ टोयोटाको यो एसयूभी सुरुमा चिनियाँ बजारमा लन्च हुनेछ । टोयोटा फ्रन्टल्यान्डर कहिले सम्ममा नेपालमा उपलब्ध हुन सक्छ भन्ने कुराको कुनै जानकारी उपलब्ध छैन ।

यसैगरी टोयोटाले हालै आफ्नो पहिलो अल-इलेक्ट्रिक एसयूभी Toyota bZ4X प्रस्तुत गरेको छ । यो एसयूभी ५०० किलोमिटरसम्मको रेन्ज दिन सक्षम छ यसलाई आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । टोयोटाले bZ सिरिजमा अरु मोडलका इलेक्ट्रिक एसयूभीहरु पनि लन्च गर्ने योजना बनाएको छ । bZ को अर्थ beyond Zero हो, जसले कार्बन न्यूट्रयालिटीप्रति टोयोटाको प्रतिबद्धता स्पष्ट पार्दछ ।

यो इलेक्ट्रिक एसयूभीको प्लेटफर्म जापानको सुबारु कर्पोरेसनको सहयोगमा तयार पारिएको हो । यो प्लेटफर्मबाट इलेक्ट्रिक एसयूभीले अफ-रोडिङ परफर्मेन्सको क्षमता प्राप्त गर्ने बताइएको छ । टोयोटाका अनुसार कम्पनी एउटा यस्तो इलेक्ट्रिक वाहन बनाना चाहन्थ्यो जसलाई वर्षौंसम्म सुरक्षित र सहज ढंगले चलाउन सकियोस् खासगरी जाडो महिनामा र त्यो गाडीमा टप क्लासको ब्याट्री क्यापासिटी पनि होस् ।

टोयोटाको यो ईभीमा ७१.४ kWh को ब्याट्री प्रयोग भएको छ । टोयोटा कम्पनीका अनुसार यो गाडी फ्रन्ट-ह्‌विल-ड्राइभ भर्जनमा ५०० किलोमिटर तथा अल-ह्‌विल-ड्राइभ भर्जनमा लगभग ४६० किलोमिटरको रेन्ज दिन सक्षम छ । यो गाडीको फ्रन्ट-ह्‌विल-ड्राइभ भर्जनले एउटा सिंगल १५० किलोवाटको मोटरलाइ सपोर्ट गर्छ भने अल-ह्‌विल-ड्राइभ भर्जनको प्रत्येक एक्सलमा ८० किलोवाटको मोटर प्रयोग गरिएको छ । यो एसयूभीले सबै प्रकारका हाई-आउटपुट चार्जरलाई सपोर्ट गर्छ । यसलाई १५० किलोवाटको डायरेक्ट करेन्टमा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

टोयोटाको bZX4 EV एउटा मिड साइज एसयूभी हो । जुन मोर्डन एक्सटिरियरका साथ उपलब्ध गराइएको छ । यसमा पारम्परिक-सेपको स्टेयरिङ र विङ-सेप भएको स्टेयरिङबीच छनोटको अवसर प्राप्त छ । कम्पनीका यो ईभीले चालकलाई उत्कृष्ट स्टेयरिङको अनुभव दिन्छ । सन् २०२५ सम्म bZ सिरिजका सात अरु मोडल बजारमा आउने बताइएको छ ।

प्रतिक्रिया