शुक्रबार, चैत १६, २०८०

राष्ट्र बैंकले सार्वजनिक गर्यो ऋण निष्काशन तालिका

नेपालखोज २०७७ माघ ८ गते १६:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चार महिनाभित्रमा ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले आज बिहिबार चालु आवको दोस्रो चौमासिक अवधिमा निष्काशन गरिने आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे उक्त जानकारी दिएको हो ।

सोअनुसार राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँ बराबरको बिकास ऋणपत्र, दुई अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने छ ।

चालु आर्थिक बर्षभित्रमा दुई खर्ब २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैंकले पहिलो चौमासमा ५७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाई सकेको छ ।

दोस्रो चौमासमा ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएपछि राष्ट्र बैंकले चालु आवको तेस्रो चौमासमा पनि एक खर्ब १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने छ ।

प्रतिक्रिया