शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
नेपालखोज
२०७७ माघ ९ गते ११:१०
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । विहीबार ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर ९२ हजार ९ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य आज ९२ हजार ४०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाले गिरावट आएर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया