बिहीबार, चैत १५, २०८०

ओली साइबर स्यालका नेता हुन् : घनश्याम भुसाल

नेपालखोज २०७७ माघ ९ गते १५:०६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री ओली साइबर स्यालका नेता भएको बताएका छन् ।

नेकपा प्रचण्ड(माधव नेपाल समूहद्वारा काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन । यसबाहेक ओलीसँग सेटिङ बाँकी रहेको नेता भुसालले बताए ।

भुसालले भने, “तपाईंका सेटिङका कारणले अदालतले तपाईंसँग डराएर तपाईंको पक्षमा निर्णय गर्छन् भन्ने सोच्नुभएको छ भने तपाईं हार्नुहुन्छ । सेटिङले काम जासुसी उपन्यासमा मात्रै गर्छ ।” उनले ओलीविरुद्धको निर्णायक संघर्ष गर्ने बेला भएको बताए ।

प्रतिक्रिया