मंगलबार, वैशाख ४, २०८१

मुलुकलाई जोगाउन सबै अट्ने राजनैतिक प्रणाली आवश्यकः कमल थापा

नेपालखोज २०७७ माघ १० गते १६:१२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले मात्र गर्न सक्ने बिचार व्यक्त गरेका छन् ।

सबै अट्ने राजनैतिक प्रणालीले मात्र मुलुकलाई जोगाउन सक्छ भन्ने उनको भनाई थियो । थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिएका छन् । स्वार्थसिद्ध गर्नको निमित्त देश,जनता र प्रजातन्त्रलाई दाउमा राख्न हुँदैन भन्नेमा थापाको जोड थियो । थापाले बिप्लब माओवादीदेखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिन सक्ने बिचार राखेका छन् ।

कुनै पनि पक्षले अदालतलाई दबाब र प्रभावमा पार्न नहुने उनको बुझाई छ । थापाले जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै १४ वर्ष देखिको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए । उनी हाल गृहजिल्ला हेटौंडामा रहेका छन् ।

भ्रस्टाचार ,कुशासन ,धर्मपरिवर्तन,बेरोजगारी र सर्वसत्तावाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण ,जनसंघर्ष र महाधिवेशन केन्द्रित रहनेमा आश्वस्त रहन आग्रह गरे ।

प्रतिक्रिया