भारत र चीनबीच आज सीमा विवाद वार्ता हुँदै

एजेन्सी । भारत र चीनबीच आज सीमा विवादबारे वार्ता हुँदैछ । २ महिनासम्म चलेको उच्चस्तरीय सैन्य संवाद लगत्तै नवौं चरणको वार्ता हुन लागेको हो ।
यो वार्तामा दुवै देशका कप्स–कमाण्डरस्तरका अधिकारीहरू सामेल हुँदैछन् । विदेश मन्त्रालयका केही प्रतिनिधिहरू पनि यो बैठकमा सहभागी हुने बताइएको छ ।
पूर्वी लद्दाखमा ९ महिनादेखि जारी तनाव समाधानतर्फ अहिलेसम्म कुनै निस्कर्ष निस्किएको छैन ।
गत डिसेम्बर १८ का दिन भएको वार्तामा दुवै देशका अधिकारीहरूले वास्तविक नियन्त्रण रेखामा देखिएका सबै तनाव हटाउन सैनिक फिर्ता गर्नेतर्फ काम थाल्ने बताएका थिए ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले हालै दिएको एक अन्तवार्तामा चीनले सीमाबाट सैनिक नहटाएसम्म आफूहरूले पनि नहटाउने जिकिर गरेका थिए ।
सन् २०२० जुन १५ मा लद्दाखको गलवान उपत्यकामा दुवै देशका सैनिकबीच रक्तपातपूर्ण भीडन्त भएको थियो । सो भीडन्तमा भारतका दर्जनौं सैनिक मारिएका थिए । चीनले भने आफ्नातर्फ क्षति भएका सैनिकको विवरण अहिलेसम्म खुलाएको छैन ।
प्रतिक्रिया