बिहीबार, वैशाख १३, २०८१

चिनियाँले किन खान्छन् कुकुरको मासु ?

नेपालखोज २०७७ माघ ११ गते १६:२७

एजेन्सी । चीनमा हरेक वर्ष ‘डग मीट फेस्टिभल’ हुन्छ । केही विवादित भए पनि चिनियाँले यसलाई धुमधामसँग बनाउँछन् । केही वर्ष प्रतिबन्ध लगाइएको यो पर्व अहिले पुनः खुल्दैछ ।

चीनको गुवांग्शी प्रान्तमा हरेक वर्ष कुकुरको मासु खानका लागि मानिस एकजुट हुन्छन् । सरकारी तर्फबाट कुकुरको मासु बिक्रीमा प्रतिबन्ध लगाए पनि स्थानीयले यसलाई पर्वकै रुपमा मनाउँदै आएका छन् ।

मे महिनामा हुने यस पर्वमा टाढा टाढाबाट कुकुर बिक्रीका लागि ल्याइन्छ । जस्तो कि नेपालमा फूलपातीमा खसीबोका बिक्री गरिन्छ ।

कुकुरको मासु खानुमा के गल्ती छ ?

यो विषय जनावरप्रतिको क्रुरताका लागि र तीनमा कुकुरप्रति मानिसको वदलिदो व्यवहारलाई लिएर भएको हो । यहाँका विक्रेता र बासिन्दाले कुकुरलाई मानवीय रुपमा मारिने बताएका छन् ।

उनीहरुले कुकुरको मासु खानेको तुलनामा सुंगुर, गाई या कुखुरा खानेहरुको क्रुरता कम छैन ।

चीनमा कुकुरको मासु खाने प्राचीन परम्परा हो । दक्षिण कोरिया तथा दोस्रो एशियाली देशमा पनि कुकुरको मासु खाने गरिएको छ ।

जो कुकुरको मासु खाने पक्षमा छन् उनीहरुले विदेशीले उनीहरुको तौर तरिकामा दखल दिने अधिकार राख्दैनन् । केही चिनियाँ गर्मी महिनामा कुकुरको मासु खानु लाभकारी भएको तर्क गर्छन् ।

उनीहरुले आफ्नो संस्कृतिको रक्षाको जिम्मेवारी आफूहरुको रहेको तर्क गर्छन् र मानवीय रुपमा कुकुरलाई मारिने गरिएको बताउँछन् । तर आलोचकहरु भने यसका कारण कुकुरको अवैध निकासी बढेको र घरमा पालिएको कुकुरको समेत चोरी हुने गरेको दाबी गर्छन् ।

प्रतिक्रिया