आजको मौसमः तराईमा बाक्लो हुस्सु
नेपालखोज
२०७७ माघ १३ गते ८:११

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले बिहान देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ। बाँकी भू–भगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी,आज दिउँसो प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै राति प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
सम्बन्धित

प्रतिक्रिया