बिहीबार, वैशाख १३, २०८१

स्कुल बसको ठक्करबाट दुईजनाको मृत्यु, चालक फरार

नेपालखोज २०७७ माघ १३ गते १२:२४

चितवन । चितवनमा स्कुल बसले ठक्कर दिंँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको टापटिङ्ग– ५ बस्ने चालक अनिल मगर र पछाडि सवार धरान–९ का गौरव राई रहेका छन् ।

मंगलबार बिहान रत्ननगर नगरपालिका–१० स्थित राजमार्गमा बा२ख ५६७४ नम्बरको बस पूर्वबाट पश्चिम गएर दायांँ मोड्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जांँदै गरेको बा९२प ५२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया