हुस्सुका कारण विराटनगर रुटका ११ उडान स्थगित
नेपालखोज
२०७७ माघ १३ गते १६:५९

काठमाण्डौं । पूर्वी तराईमा लागिरहेको कुहिरो र हुस्सुले मङ्गलबार ११ वटा उडान स्थगित भएका छन् ।
हुस्सुले विराटनगर विमानस्थल सबैभन्दा प्रभावित भएको छ । मङ्गलबार काठमाण्डौ–विराटनगर रुटका कुनै पनि उडान नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
बुद्ध एअरका मात्रै विराटनगर उडान तालिका भएका पाँच वटा उडान स्थगित भएका छन् । यस्तै यती र श्री एअरलाइन्सका तीन/तीन वटा उडान स्थगित भएका छन् ।
पछिल्लो केही दिनयता तराईमा लागेको हुस्सु र कुहिरोले आन्तरिक उडान अस्तव्यस्त हुँदै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया