शनिबार, वैशाख २२, २०८१

गणतन्त्र दिवसमा अक्षयले सार्वजनिक गरे ‘फौ-जी’ गेम

नेपालखोज २०७७ माघ १३ गते १८:४९

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारले भारतको गणतन्त्र दिवसका अवसरमा आज इन्डियन मल्टिप्लेयर गेम ‘फौ-जी’ गेम सार्वजनिक गरेका छन् । उनले ट्विटरमार्फत यसबारे जनाएका हुन् ।

रिलिज भएको केही समयमै धेरैले डाउनलोड गर्न थालिसकेका छन् । जसमध्ये केहीले यो गेम इन्स्टल गर्न समस्या देखिएको प्रतिक्रिया दिइरहेका छन् ।भारतमा पब-जी प्रतिबन्ध भएकै कारण पनि यसका प्रयोगकर्ता ह्वात्तै बढेको अनुमान गरिएको नवभारत टाइम्सले समाचारमा जनाएको छ ।

अक्षयले गेमको टिजर सार्वजनिक गर्दै लेखेका छन्, “दृश्मनको सामना गर । आफ्नो राष्ट्रका लागि लड । हाम्रो झन्डालाई बचाऊ । भारतको सबैभन्दा प्रत्याशित गेम, निडर र एकजुट गार्डहरुः ‘फौ-जी’ तपाईंलाई फ्रन्टलाइन र त्यसभन्दा अगाडि पनि लग्नेछ । तपाईंको मिसन आजबाटै सुरु गर्नुहोस् ।”

यसका साथै उनले अर्को ट्विट गर्दै यो गेम आजै डाउनलोड गरिहाल्न भनेका छन् । जसमा उनका प्रशंसकको सकारात्मक तथा नकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । जसमा कसैले गेम डाउनलोड गर्न समस्या भइरहेको त कसैले इन्स्टल गरिसके पछिको स्क्रिन सटहरु पनि पठाएका छन् ।

प्रतिक्रिया