शनिबार, वैशाख १५, २०८१

कोरोनाविरुद्धको खोप अभियान : बुधबार २९०१ जनाले लगाए, कुन प्रदेशमा कति ?

नेपालखोज २०७७ माघ १४ गते १५:४८

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियानमा अहिलेसम्म २ हजार ९०१ जनाले कोरोना खोप लगाएका छन् ।

बुधबार बिहानबाट सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिन सुरु भएको हो । ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने छ ।

त्यस्तै, काठमाडौंमा १२, ललितपुरमा ३ र भक्तपुरका दुई अस्पतालमा खोप केन्द्र रहनेछन् ।

सातै प्रदेशमा आज २९०१ जनाले कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै देशभरका करिब ३०० खोप केन्द्रबाट २९०१ जनाले खोप लगाइसकेका छन् । जसमा प्रदेश १ मा १२७, प्रदेश २ मा ५४०, बाग्मतीमा १००२, गण्डकीमा ३०६, लुम्बिनीमा २२३, कर्णालीमा ३९८ र सुदूरपश्चिममा ३०५ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

No description available.

प्रतिक्रिया