आजको मौसमः तराईमा बाक्लो हुस्सु
नेपालखोज
२०७७ माघ १५ गते ८:३१

काठमाडौँ । अहिले तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
सम्बन्धित

प्रतिक्रिया