शुक्रबार, माघ ११, २०८१

बार्सिलोनाले जित्यो रायोलाई

नेपालखोज २०७७ माघ १५ गते १०:२६


काठमाडौं । लिओनल मेसीले पुनरागमन खेलमा गोल गर्दा बार्सिलोनाले रायो भालेकानोलाई पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

गएराति भएको खेलमा बार्सिलोनाले दोस्रो श्रेणीको रायोलाई २र१ ले पराजित गरेको हो । खेलमा एक गोलले पछि परेको अवस्थामा बार्सिलोनाले दुई गोल गरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा मेसीले बार्सिलोनाका लागि गोल गरी बराबरीमा पुर्याए ।

८०औं मिनेटमा फ्रेंकी डे जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए र त्यही गोल जितमा निर्णायक बन्यो ।

प्रतिक्रिया