बिहीबार, चैत १५, २०८०

संसद् विघटनको विरोधमा विवेकशील पार्टीद्वारा माइतीघरमा प्रदर्शन

नेपालखोज २०७७ माघ १५ गते १२:४०

काठमाडौं । विवेकशील पार्टीले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशीलले ‘म नागरिक’ आन्दोलन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘नागरिक के चाहान्छन् ?, विधिको शासन, बलियो लोकतन्त्र, इमान्दार नेता, नागरिक मुखि कार्य, सांस्कृतिक सम्पदाको रक्षा गरौं, कंक्रिटको कमपोखरी चाहिँदैन, अधिनायकवादले अधिनायकवादीकै पनि भलो गर्दैन, लोकतन्त्रनै सबैको साझा फुलबारी हो प्रमज्यू , चेतना भया, असंवैधानिक कदम खारेज गर, संविधानको पालना गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।

नागरिकले हरेक गलतको विरुद्ध आवाज उठाउने भन्दै विवेकशीलले प्रतिकात्मक रुपमा बिहीबार प्रदर्शन गरेको हो ।

प्रतिक्रिया