आइतबार, जेठ ६, २०८१

प्रविन र रंगिलाको ‘थोरै खुशी’ सार्वजनिक

नेपालखोज २०७७ माघ १५ गते १३:४०

काठमाडौं । गायक प्रविन वेडवाल र नवगायिका रंगिला बटालाको स्वरमा रहेको ‘थोरै खुशी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

जीवन दर्शनको भाव बोकेको यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसेर नेपाली सुगम संगीतमा योगदान पुर्याइरहेका गीतकार गोपाल लोहारको रहेको छ । यस गीतलाई बसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने बिशम आचार्यले संगीत संयोजन गरेका हुन् ।

जीवन भोगाइको यथार्थलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धी निरौलाको जिवन्त अभिनय देख्न सकिन्छ । श्याम तामाङले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको निर्देशनमा तयार पारिएको हो । गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
भिडियो लिंक

प्रतिक्रिया