मंगलबार, माघ १, २०८१

नवलपरासीमा विष सेवन गरि दुई छोरीसहित आमाको मृत्यु

नेपालखोज २०७७ माघ १५ गते १४:२६

नवलपरासी । पश्चिम नवलपरासीमा विष सेवनबाट दुई छोरीसहित आमाको मृत्यु भएको छ। जिल्लाको सरावल गाउँपालिका-५ धनगढवामा ३५ वर्षीय अनिता चौधरीले आफ्ना दुई छोरीलाई विष सेवन गराएर आफूले पनि सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

Advertisement

अनितासहित उनका क्रमशः १२ र १० वर्षीया छोरी नेहा र हेमालाई उपचारका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगेकोमा थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो। भैरहवामा उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिएका छन्।

बुधबार राति करिब १० बजेतिरको समयमा घरभित्रबाट चिच्याएको आवाज आएपछि छिमेकीहरू पुग्दा च्यानल गेटमा ताला लगाएको देखेपछि घरको छतबाट भित्र पसेर उद्धार गरिएको प्रहरीको भनाइ छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरको कोठामा दुईवटा गिलासमा पानी जस्तो तरल पदार्थ फेला परेकोले त्यसमै विष राखेर छोरीहरूलाई खुवाएको हुन सक्ने सूचना अधिकारी लामाले बताए।

घटनाको बारेमा अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ। अनिताका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै छन्। उनका दुई सन्तानसहित ३ जना मात्रै घरमा बस्दै आएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया