शुक्रबार, चैत १६, २०८०

‘माधव नेपाल, झलनाथ र वामदेवले सरकार ढाले’

नेपालखोज २०७७ माघ १५ गते १७:०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको बताएका छन् ।

जिफन्टले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले २०७२ सालमा आफ्नो नेतृत्वमा बनेको सरकार माधव नेपालसहितका नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकासेर ढालेको आरोप लगाएका हुन् ।

अहिले आफ्नो समूहको जस्तो अनुशासित, मर्यादित पार्टी अर्को नरहेको ओलीको जिकिर छ। पार्टी, आन्दोलनलाई दुःख दिइरहने पिलो निचोरिएर गएकाले पार्टी निर्वाध चल्न थालेको उनको बुझाइ थियो ।

प्रतिक्रिया