नेकपा दुवै समूहसँग आयोगले आज छलफल गर्दै

नेपालखोज २०७७ माघ १६ गते ८:३२

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्रै एक रहेको नेकपाका दुबै समूह-ओली र दाहाल–नेपाल समूहलाई निर्वाचन आयोगले आज छलफलमा बोलाएको छ ।

आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन तयारी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा ओली र प्रचण्डसँग छलफल हुनेछ ।

छलफलका लागि आज बिहान साढे ११ बजे दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच,पाँच जनालाई बोलाइको प्रवक्ता श्रेष्ठले बताए । नेकपाका दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगमा पेस गरेको विवरण अस्वीकार गर्दै निर्वाचन आयोगले ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई आफू अनुकुल व्याख्या गरिरहेका दुवै समूहसँग आवश्यक परामर्श गरी थप निर्णय गर्ने आयोगको तयारी छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि दुबै समूहले पार्टीको नाम, निर्वाचन चिह्न, छाप लगायतमा आफ्नो दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया