शुक्रबार, वैशाख १२, २०८२

कोरोनाविरुद्धको खोप नोभाभ्याक्स ८९ प्रतिशत प्रभावकारी

नेपालखोज २०७७ माघ १६ गते ८:३८

एजेन्सी । कोरानाविरुद्धको खोप नोभाभ्याक्सको बेलायतमा गरिएको परीक्षणमा ८९ प्रतिशत प्रभावकारी भएको पाइएको छ ।

अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले खोप सुरक्षित भएको जनाएको हो । बेलायतमा १५ हजार जनामा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा यस्तो आएको कम्पनीले जनाएको छ । बेलायतबाट सुरु भएको कोरोना भाइरसको नयाँ प्रकार फैलिरहँदा यस्तो परीक्षण भएको हो ।

यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ । अझै केही बढी संक्रामक प्रकारको भाइरस दक्षिण अफ्रिकामा पनि पाइएको छ। उक्त भाइरसविरुद्ध पनि यो खोप प्रभावकारी भएको जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यो सुखद समाचारलाई स्वागत गरेका छन् ।

प्रधानमन्त्री जोन्सनले यस खोपको प्रभावकारितालाई बेलायतको स्वास्थ्य नियामक निकायले जाँच गर्ने बताएका छन् । बेलायले आफ्नै देशमा उत्पादन गरिने यस खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ ।

प्रतिक्रिया