शुक्रबार, वैशाख ७, २०८१

स्वस्थ रहन आवश्यक पर्ने आयुर्वेदिक उपायहरु

नेपालखोज २०७७ माघ १७ गते ९:३१

१.अश्वगन्धा
यो प्राचीन औषधिले पूरै शरीरमा प्रभाव पार्छ । तनाव, कब्जियत र बाथरोगबाट पनि यसले मुक्ति दिन्छ । तनावका कारण तपाईं शरीरलाई स्वस्थ आहार दिनुहुन्न जसकारण स्टामिना कम हुन्छ । अश्वगन्धा खाँदा तपाईं स्वस्थ हुनुहुन्छ र स्टामिना पनि बढाउन सक्नुहुन्छ ।​

२.शतावरी
यसको रोगनाशक शक्तिले ग्यास र स्नायु प्रणालीमा सकारात्मक असर पार्छ । यो प्रयोग गर्दा स्टामिना बढ्छ र तपाईंभित्र आत्मविश्वास बढ्छ ।

३.ब्राह्मी
ब्राह्मीमा भएका एन्टीअक्सिडेन्टहरूले स्टामिना बढाउन सहायता गर्छन् र तौल बढ्न रोक्छन् । यिनीहरूले शरीरका विषाक्त कुरा शरीरबाट निकालेर रक्तकोशिकाहरूलाई विकसित गर्छन् ।

४. शिलाजीत
प्राचीनकालदेखि नै शिलाजीतको प्रयोग स्टामिना बढाउनका लागि गरिँदै आएको छ । यसले शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ । यसबाहेक गोकशुरा, घिउकुमारी, नीम जस्ता आयुर्वेदिक औषधिले पनि स्टामिना बढाउन मद्दत गर्छन् ।

प्रतिक्रिया