शुक्रबार, वैशाख १४, २०८१

भारतमा १६ हजार संक्रमित

नेपालखोज २०७९ साउन २८ गते १३:१७

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप १६ हजार नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ संक्रमित भएका हुन् ।

मन्त्रालयका अधिकारीहरुले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकारुको सङ्ख्या २० हजार १८ रहेको जानकारी दिएका छन् । एउटै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमितहरुको सङ्ख्या घट्दै गएको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २६४ जना संक्रमित अवस्थामै रहेको जनाएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख २६ हजार ९९६ पुगेको मन्त्रालयको भनाई छ ।

त्यसैगरी, पछिल्लो एक दिनमा तीन लाख ६२ हजार ८०२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया