सोमबार, पुष २९, २०८१

कोरोना खोप सबैलाई सर्वसुलभ हुनुपर्दछ: एन्टोनियो गुटेर्रेस

नेपालखोज २०७७ माघ १७ गते ११:१२

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। उनले महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा पहिला देखि नै व्यक्त गर्दै आइरहेका छन्।

Advertisement

सन् २०२१ मा सबैको प्राथमिकता कोभिड १९ विरुद्धको खोपको सर्वसुलभताका लागि संयुक्त राष्ट्रसंघले पनि आवश्यक वातावरण निर्माण गर्ने उनले बताए।

विश्वका केही सीमित देशका हातमामात्र कोभिडको खोप पुगेको तर गरिब तथा तेस्रो विश्वका देशहरुमा यो खोपको उपलब्धता अझै पनि गाह्रो देखिएको उनले बताए।

अहिलेकै अवस्थामा विश्वका देशहरुले यसरी नै खोप कब्जा गरेर राख्ने हो भने यसले विश्वकै अर्थतन्त्रमा ९२ खर्ब अमेरिकी डलर बराबरको मूल्यको असर पार्ने उनलर् बताए। उनका अनुसार यसको आधाभन्दा बढी असर त विश्वका प्रमुख विकसित देशहरुमै पर्ने देखिएको छ। त्यसैले खोपको यस्तो अवस्था नल्याउन एउटै देशले धेरै डोजहरु कब्जा नगर्ने र सबैको सार्वजनिक वस्तुका रुपमा उपलब्ध गराउने नीति बनाउन उनले सुझाव दिएका छन्।

प्रतिक्रिया