आज चितवन जाँदै ओली
नेपालखोज
२०७७ माघ १७ गते ११:३२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदैछन् ।
केन्द्रीय बस टर्मिनल भरतपुरमा चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभाअघि भरतपुरका विभिन्न स्थानवाट र्याली निकाल्ने तयारी छ । सभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक बिस्तारको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया