मंगलबार, माघ १, २०८१

हिन्द महासागरमा कसको होला प्रभुत्व ?

नेपालखोज २०७७ माघ १८ गते १२:०१


एजेन्सी । भारत र चीनबीच स्थलसीमा विवाद पहिलेदेखि चलिरहे तापनि हाल हिन्द महासागरमा पनि कसको प्रभुत्व कायम हुने भन्ने विवाद देखा परेको छ ।

Advertisement

चीनले हिन्द महा सागरमा पनि आफ्नो दाबी गरेपछि भारत चिन्तित बनेको छ ।

चीनलाई घेराउ गर्नका लागि भारत कूटनीतिक र रणनीतिक किल्ला बनाएर अघि बढेको बताइएको छ ।

पश्चिमी हिन्द महासागरमा चीनको उपस्थिति तीव्र गतिमा बढिरहेको तथ्य कसैबाट छिपेको छैन । यस्तो अवस्था रहँदा भारतले रणनीतिक रूपमा मेडागास्कर र कोमोरोस टापु समूहसँग रक्षा र सुरक्षा दुवै बढाउनका लागि सहयोगको अपेक्षा गरेको हो ।

दुवै देशले रक्षामन्त्रीहरूको हिन्द महासागर क्षेत्रको बैठकमा आफ्नो सहभागिता पुष्टि गरेका छन् । भारतले यसै साता यो बैठक आयोजना गर्न लागेको छ ।

मेडागास्कर र कोमोरोसको भूराजनीतिक महत्त्वलाई स्वीकार गर्दै चीनले कनेक्टिभिटी र सेक्युरिटी सम्बन्धी गतिविधिलाई लगातार बढाउँदै लगेको छ ।

सुरक्षामा नजर राख्नका लागि चीनले पनि मेडागास्करमा रक्षा अट्याशे नियुक्त गर्न विचार गरी अघि बढिरहेको छ ।

भारतको विदेश मन्त्रालयले सन् २०१९ मा हिन्द महासागरका मुलुकहरू श्रीलंका, माल्दिभ्स, मरिसस र सेसेल्सलाई एक डिभिजनमा ल्याउने निर्णय लिएको थियो । चीनको गतिविधि रोक्ने प्रयास असफल हुँदै गएको बेला विदेश मन्त्रालयले यसका लागि इन्डियन ओसन रीजन डिभिजन गठन गर्ने निर्णयसमेत लिएको थियो ।

भूसामरिक टापुहरूसँगको द्विपक्षीय सम्बन्धलाई गाढा बनाउनु भारत र चीन दुवैका लागि अत्यन्तै महत्त्वपूर्ण छ किनकि पश्चिमी हिन्द महासागरमा जलसेनाको उपस्थिति बढाउने दुवैको अभीष्ट रहेकोले यसो भएको हो ।

चीन पनि यस क्षेत्रमा सुरुक्ष चुनौतिलाई लिएर सतर्कता पूर्वक अघि बढेपछि हिन्द महासागरमा कसको प्रभुत्व रहला भन्ने धेरै खाले अड्कलबाजी भइरहेको छ ।

प्रतिक्रिया