आइतबार, माघ १३, २०८१

कांग्रेसका सबै भातृ संगठनद्वारा भोली ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने

नेपालखोज २०७७ माघ १८ गते १३:४७

काठमाडौं । नेपाली कांग्रेसको १३ वटै भातृ संगठनले भोली ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

Advertisement

कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्‍त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्‍त्रिक कदमविरुद्ध प्रदर्शन गर्न लागिएको जनाएको हो ।

“नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रधानमन्‍त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्‍त्रिक कदमविरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं,” कांग्रेसले विज्ञप्तिमा भनेको छ ।

भोलिको प्रदर्शनमा सहभागी बन्‍न देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकहरुलाई कांग्रेसले आग्रह गरेको छ ।

भोली प्रदर्शन गर्ने कांग्रेस भातृ संगठनमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्‍त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्‍त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल मुस्लिम संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज छन् ।

प्रतिक्रिया