शुक्रबार, माघ ११, २०८१

आफैंले पालेको गाईले हान्दा नामै गोमती भएकी महिलाको निधन

नेपालखोज २०७७ माघ १८ गते १३:४९


बैतडी । बैतडीको दशरथचन्द नगरपालिका– १ मा गाईले हान्दा एक महिलाको मृत्यु भएको छ ।
आँफैले पालेको गाईले हान्दा ५० बर्षीया गोमती लुहारको मृत्यु भएको बैतडी प्रहरीले जनाएको हो ।

Advertisement

गोमतीलाई गाईले हानेको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका भतिजा जगदीश लुहारले बताएका छन् ।

गोमतीका श्रीमान् कामको सिलसिलामा भारतको कश्मिरमा छन् । उनको घरमा एक छोरा र एक छोरी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया