दृश्य लाउन्ज स्थापनाको पहिलो वर्ष पूरा
नेपालखोज
२०७७ माघ १८ गते १४:३३

काठमाडौं । दृश्य लाउन्जले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको छ । गत वर्षदेखि सेवा सुरू गरेर छोटो समयमा ग्राहकहरूको मन जित्न सफल दृश्य लाउन्ज प्रथम वार्षिकोत्सवको अवसरमा लाउन्जमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सोमबार एक वर्ष पुग्न लागेको यो लाउन्जले त्यसदिन लाईभ ब्याण्डसँगै ग्राहकहरूले मनोरञ्जन लिन सक्ने छन् । सोमबार विशेष दिनलाई ध्यानमा राखेर लाउन्जमा आउने सबै ग्राहकहरूलाई निःशुल्क पेय पदार्थ दिएर स्वागत गर्नेछ ।
काठमाडौंका रमणिय दृश्यहरू हेरेर मिठामिठा परिकारका साथ पारिवारिक वातावरणमा रमाउन दृश्य लाउन्जले आग्रह गरेको छ । वार्षिकोत्सवको कार्यक्रम साँझ ६ः३० बजेबाट सुरू भएर राति ११ बजे सकिनेछ ।
सम्बन्धित
प्रतिक्रिया