शनिबार, वैशाख १३, २०८२

२४ घण्टामा थपिए १०५ कोरोना संक्रमित, दुईजनाको मृत्यु

नेपालखोज २०७७ माघ १८ गते १७:००

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २९ पुगेको छ ।

गत चौबीस घण्टामा तीन हजार तीन सय आठजनाको पीसीआर परिक्षण गरिएकामा १०५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ९ सय ९५ पुगेको छ । त्यस्तै २८८ जना संक्रमणमुक्त भएका छन् । देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६६ हजार तीन सय ३६ जना पुगेको छ ।

हालसम्म क्वारेन्टिनमा १०२ जना छन् भने आइसोलेसनमा २५ सय ९४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया