कक्षा १२ को नतिजा प्रकाशित

नेपालखोज २०७७ माघ १९ गते १२:३१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको हो ।

सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने छ ।

कोरोना महामारीका कारण मंसिर ९ देखि १६ गतेसम्म परीक्षा सञ्‍चालन भएको थियो ।

प्रतिक्रिया