शनिबार, जेठ ५, २०८१

नेप्से २,५२० अंकमा सीमित, चार कार्यदिनमा १३ अर्ब ८६ करोडको कारोबार

नेपालखोज २०७८ पुष ९ गते ११:००

काठमाडौं । यो साता नेप्से परिसूचक बढेपनि कारोबार रकम भने खासै बढ्न सकेन । नेप्सेको नियमित कारोबार कक्ष सातामा चार दिन मात्र खुलेको थियो । पहिलो कार्यदिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।

बाँकी दिनहरुमा भने नेप्से लगातार उकालो लागेपनि कारोबार रकम भने खासै बढ्न सकेन । सोही आधारमा नेप्से यो साता २५ सय २० दशमलव २३ अंकमा पुगेर रोकिएको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७७ दशमलव ३६ अंकमा पुगेर रोकिएको छ ।

दुुई सय ३३ वटा कम्पनीहरुको यो साता आठ लाख ३० हजार आठ सय ५९ पटकको कारोवारमा दुई करोड ६८ लाख ४१ हजार पाँच सय ८२ कित्ता खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम १३ अर्ब ८६ करोड १५ लाख ५४ हजार दुई सय ६३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झन्डै तीन अर्ब रुपैयाँले कम हो ।

गत साता भने नेप्सेमा दुई सय ३३ वटा कम्पनीहरुको दुई लाख ५२ हजार एक सय ८२ पटकको कारोबारमा तीन करोड ५७ लाख ८४ हजार आठ सय ७१ कित्ता सेयर खरिद बिक्री भएका थिए । जसबाट उक्त साता कुल कारोबार रकम १६ अर्ब ११ करोड नौ लाख तीन हजार चार सय ८८ रुपैयाँ पुगेको थियो ।

यो साता सोमबार १७ दशमलव ९३ अंकले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ अंकमा सीमित हुन पुगेको नेप्से त्यसपछिका दिनहरुमा लगातार बढेको थियो । सोही आधारमा अन्तिम कारोबार दिनसम्म आइपुग्दा नेप्से २५ सय २० दशमलव २३ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी सोमबार दुई दशमलव ३४ अंंकले घटेर चार सय ५१ दशमलव १९ अंकमा सीमित रहेको सेन्सिटिभ इन्डेक्स पनि त्यसपछिका दिनहरुमा लगातार बढेको थियो । जसअनुसार अन्तिम कारोबार दिनसम्म आइपुग्दा सेन्सिटिभ इन्डेक्स पनि चार सय ७७ दशमलव ३६ अंकमा पुग्न सफल भएको थियो ।

नबिल, बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, महालक्ष्मी विकास बैंक आदिको यो साता बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनेबच भएका छन् ।

बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यो साता साँग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया