बिकास बैंकहरुको नाफामा कोभिडको असर : मुक्तिनाथ र गरिमाको नाफा सबैभन्दा उच्च
काठमाडौं । बिश्व्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को असर बिकास बैंकहरुको नाफामा पनि देखिएको छ । सरकारले कोभिड-१९ को संभावित महामारी नियन्त्रण तथा रोकथामको लागि लामोसमयसम्म लक डाउन गर्दा बिकास बैकहरुको निक्षेप संकलन तथा कर्जा प्रवाह दुबैमा कमी आएको थियो । सोही कारण पनि चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा बिकास बैंकहरुको नाफामा कमी आएको हो ।
क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा बिकास बैंकहरुले हाल बित्तीय कारोवार गर्दे आएका छन् । यि मध्ये १५ वटाले चालु आवको दोस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण सार्वजनिक गरेकोमा आठ वटा बैंकहरुको नाफा बढ्दा छ वटाको घटेको छ भने केही समयअघि मात्र समस्याग्रस्त मुक्त घोषणा भएको नारायणी डेभलपमेन्ट बैंकको नाफा ऋणात्मक देखिएको छ ।
बित्तीय बिवरण अनुसार चालुु आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा मुक्तिनाथ बिकास बैंकले कमाएको छ । मुक्तिनाथले यस अवधिमा ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा मुक्तिनाथको यस्तो नाफा ४७ करोड २५ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
गरिमा बिकास बैंक भने बिकास बैंकहरु मध्ये बढी नाफा कमाउने दोस्रो ठुलो बैंक बनेको छ । गत आवको दोस्रो त्रैमासमा ३२ करोड ५५ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाएको गरिमाले चालु आवको दोस्रो त्रैमासमा यस्तो नाफा बढाएर ३९ करोड ३५ लाख ९० हजार रुपैयाँ पुर्याएको छ । यसैगरी कामना सेवा बिकास बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा खुद मुनाफा बढाएको छ । गत आवको दोस्रो त्रैमासमा १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको कामनाले चालु आवको पछिल्लो त्रैमासमा ३९ करोड ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
महालक्ष्मी बिकास बैंकले चालु आवको दोस्रो त्रैमासमा ३४ करोड ६८ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा महालक्ष्मीको यस्तो नाफा ३० करोड ५० लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी ज्योति बिकास बैंकले पनि चालु आवको दोस्रो त्रैमासिमा अवधिमा ३० करोड ५५ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा ज्योतिको यस्तो नाफा २८ करोड आठ लाख ३४ हजार रुपैयाँ रहेको छ । शाईन रेसुंगा डेभलपमेन्ट बैंकको खुद मुनाफा भने चालु आवको दोस्रो त्रैमासमा घटेको छ । गत आवको दोस्रो त्रैमासमा ३० करोड सात लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएको शाईन रेसंगाको चालु आवको पछिल्लो त्रैमासमा यस्तो नाफा घटेर २६ करोड ११ लाख ११ हजार रुपैयाँमा सिमित रहेको छ ।
गत आवको दोस्रो त्रैमासमा २५ करोड २१ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाएको लुम्बिनी बिकास बैंकले भने चालु आवको दोस्रो त्रैमासमा २६ करोड १८ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
साँग्रिला डेभलपमेन्ट बैंकको खुद मुनाफा पनि घटेको छ । गत आवको दोस्रो त्रैमासमा १९ करोड १३ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाएको साँग्रिलाको नाफा घटेर चालु आवको पछिल्लो अवधिमा १६ करोड ४८ लाख पाँच हजार रुपैयाँमा झरेको छ ।
यसैगरी एक्सेल डेभलपमेन्ट बैंकको खुद मुनाफा पनि घटेर चालु आवको दोस्रो त्रैमासमा नौ करोड ९३ लाख ३५ हजार रुपैयाँमा सिमित रहेको छ । गत आवको सोही अवधिमा एक्सेलको यस्तो नाफा १० करोड २८ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
चालुु आवको दोस्रो त्रैमासमा मितेरी डेभलपमेन्ट बैंक, सिन्धु बिकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको खुद मुनाफा भने क्रमश छ करोड ९७ लाख २६ हजार, दुई करोड ३९ लाख तीन हजार र एक करोड २७ लाख ९७ हजार रुपैयाँमा सिमित हुन पुगेको छ । गत आवको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा क्रमश आठ करोड ३५ लाख तीन हजार, एक करोड चार लाख १५ हजार र दुई करोड ४४ लाख २६ हजार रुपैयाँ रहेको थियो ।
गत आवको दोस्रो त्रैमासमा ५९ लाख २८ हजार रुपैयाँले खुद नोक्सानी बेहोरेको कर्र्णली डेभलपमेन्ट बैंकले भने चालु आवको दोस्रो त्रैमासमा एक करोड ८३ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यसैगरी ग्रिन डेभलपमेन्ट बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा २९ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा ग्रिनको यस्तो नाफा एक करोड चार लाख २० हजार रुपैयाँ रहेको थियो । नारायणी डेभलपमेन्ट बैंकले भने चालु आवको दोस्रो त्रैमासमा ८४ लाख ४१ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा बैंकले चार लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
प्रतिक्रिया