२४ घण्टामा १५९ जनामा कोरोना पुष्टि
नेपालखोज
२०७७ माघ १९ गते २१:२४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ४ हजार १४५ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ७५ हजार १५२ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितको कूल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार ४८९ छ भने क्वारेन्टाइनमा ९७ जना रहेका छन् ।
त्यसैगरी २४ घण्टामा २६४ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ । २४ घण्टामा कोरोनाबाट कोही पनि व्यक्तिको मृत्यु भएको छैन ।
साथै काठमाडौं उपत्यकामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ३४ महिला र ५१ जना पुरुष रहेका छन् । काठमाडौँमा ७०, ललितपुरमा १० र भक्तपुरमा ५ जना कोरोना संक्रमित देखिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया